बुद्ध विशाल बजार फुटसल प्रतियोगितामा विशाल नेतृत्वको टिम च्याम्पियन
पाेखरा | जेठ २९, २०७९
पोखरा: बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आयोजना गरेको दशौं आन्तरिक फुटसल प्रतियोगिताको उपाधि विशाल श्रेष्ठ नेतृत्वको टिमले जितेको छ ।
रानीपौवा स्पोर्टस् सेन्टरमा शनिबार सम्पन्न फाइनल खेलमा सञ्जय बुढाथोकी नेतृत्वको टोलीलाई हराउलै श्रेष्ठको टिम च्याम्पियन बनेको हो ।
उपाधि जितेसँगै श्रेष्ठको टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १५ हजार प्राप्त गर्याे भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १० हजार हात पार्याे ।
उक्त प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीको रुपमा रोशन नेप्कुल पुरस्कृत भए ।
कुल ५ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि समेत रहेका पोखरा महानगरपालिका ४ का नवनिर्वार्चित वडा अध्यक्ष देवकृष्ण पराजुली, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष बालकृष्ण भण्डारी, बगर कल्याणकारी ब्यवसायी समितिका अध्यक्ष विष्णु वास्तोला, फेन्सी तथा रेडिमेड ब्यवसायी संघका अध्यक्ष राजु पौडेल तथा अग्रज व्यवसायीहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा संयोजक थमनसिंह गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव बुद्वी बहादुर कुावरले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

